PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

अचानक स्टार्ट बन्द भएपछि स्टेरिङ लक, पहिलो मोड कट्यो दोस्रोमा बस खस्यो



एम बम

अचानक स्टार्ट बन्द भएपछि स्टेरिङ लक, पहिलो मोड कट्यो दोस्रोमा बस खस्यो

कैलाली : वीरेन्द्र कार्कीले तराईको कैलाली–कञ्चनपुर र पहाड बैतडी–दार्चुलासम्म बस चलाउन थालेको झण्डै दशकै पुग्न लाग्यो। एक दशकजति गाडी चालक रहेका उनले दुई महिना अघि मात्रै गाडी किने। अहिले उनी चालक र गाडी धनी दुवै हुन्। बिहीबार गाडीको स्टेरिङले काम नगरेपछि उनले एक दशकयताकै भयानक दुर्घटनाको समाना गर्नुपर्‍यो।

धनगढीको मायामेट्रो अस्पतालको एक नम्बर बेडमा उपचार गराइरहेका कार्की राम्रोसँग बोल्न र आँखाखोल्न सक्दैनन्। यद्यपि उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरु बताउँछन्।

बिहीबार मध्यान्ह साढे १२ बजे बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको उनको बस राति साढे १० बजेतिर दुर्घटग्रस्त भयो। स्टेरिङ्गले राम्रोसँग काम नगरेपछि बस दुर्घटनामा परेको उनले बताए।

कार्कीसँगै बसको क्यविनमा बसेका सह–चालक रमेश खत्री भन्छन्, ‘खोड्पेमा खानाखाने योजना थियो। त्यहाँ पुग्न झण्डै दुई किलोमिटर मात्रै बाँकी छँदा बसको स्टार्ट एक्कासी आफै बन्दभयो। दुई वटा छोटा मोड मध्यपहिलो मोड कट्ने बित्तिकै स्टार्ट बन्द भयो र स्टेरिङ्ग लक भयो।’  त्यसपछि स्टेरिङ्गले काम नगर्दा बस दुर्घटनामा परेको उनको भनाई छ।

बसमा त्यस्तो कुनै खराबी नभएपनि अचानक स्टार्ट बन्द हुनपुगेको उनको दाबी छ। ‘स्टेरिङ्ग बाँयामोडेर काट्न सकिएको भए ९ जनाको ज्यान जोगाउन सकिन्थ्यो तर अचानक स्टार्ट नै बन्नभयो र बसले सडक छोडेपछि दुर्घटना हुनपुग्यो।’ उनले भने ।

बसको एक नम्बर सिटमा बसेका कञ्चनपुरको महेन्द्रनगरका दशरथ गिरीले बसको गति सिमित रहेको बताए। निन्द्रामै रहेका बेला दुर्घटनामा परेपछि उनी बस खसेको आधा समयसम्म बेहोस भए। सडकबाट झण्डै आधा किलोमिटर तल खसेको बस रोकिने बेलामा भने उनले आफैलाई दायाँखुट्टा च्यापिएको अवस्थामा ब्युझिए। जतातै कोलाहल र रोइकराई भइरहेको समयामा उनीपनि बचाइदिन आग्रह गर्न थाले र उनलाई त्यहाँबाट उद्धार गरियो। अहिले उनको पनि मायामेट्रो अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्थापनि खतरामुक्त छ।

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार रातिभएको दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। दुर्घटनमा परी मृत्यु हुनेमा बैतडीका ३ जना, दार्चुला, कञ्चनपुर र कैलालीका २-२ जना रहेको जिल्लाप्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। घाइते भएकामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ। उनीहरूको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell