PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

क्रिकेट टिमका मुख्य प्रशिक्षकको अन्तर्वार्ता तिहार अघि नै!



पहिलोपोस्ट

क्रिकेट टिमका मुख्य प्रशिक्षकको अन्तर्वार्ता तिहार अघि नै!

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को आज बसेको भर्चुअल बोर्ड बैठकले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक र क्रिकेट म्यानेजरको अन्तर्वार्ता तिहार अघि नै गर्ने निर्णय गरेको छ। उमेश पटवालले राजीनामा गरेयता क्यानले प्रशिक्षक ल्याउनका लागि प्रकृया अघि बढाएको थियो।

‘संघको आज बसेको बोर्ड बैठकले प्रमुख प्रशिक्षक र क्रिकेट म्यानेजरको अन्तर्वार्ता तिहार अघि र अन्य पदहरुको अन्तर्वार्ता तिहार पछि लिने निर्णय गरेको छ।’ क्यानको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, मंसिर ३ गतेको साधारणसभाका लागि वार्षिक लेखा परीक्षण, २०२१ को बजेट तथा कार्यक्रम, रणनैतिक योजना निर्माण, जिल्ला तथा प्रादेशिक संघहरुको कार्यविधि निर्माण, संघ पदाधिकारी तथा कर्मचारीहरुको कोड अफ कण्डक्ट निर्माण, एन्टी करप्सन, एन्टी डोपिङ, इथिक्स पोलिसी निर्माण लगायतका एजेन्डा तय गरिएको क्यानले जनाएको छ।

त्यस्तै, प्रस्तावित नेपाल प्रिमियर लिग (एनपीएल)को ड्राफ्टबारे छलफल गर्दै यसलाई पनि साधारणसभाको एजेन्डाका रुपमा लैजाने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell