काठमाडौं : आज तिहारको पहिलो दिन, काग तिहार। आजबाट विधिवत् रुपमा तिहार शुरु भएको छ।
तिहार शुरु भएसँगै तिहारका लागि किनमेल गर्न बजारमा मानिसहरुको भिडभाड बढेको छ। काठमाडौंका असन, इन्द्रचोक र महाबौद्ध लगायतका बजारमा तिहारका लागि सप्तरंगी टीका, भाइमसला, फूल र झिलीमिली बत्ति लगायत विभिन्न वस्तुहरु खरिद गर्न आउनेको भिड बढेको छ।
कोरोना संक्रमणका बाबजुत पनि मानिसहरु तिहारका सामान किन्न बजार धाइरहेका छन्।