PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

मैत्रीपूर्ण फुटबलमा नेपाल बंगलादेशसँग पराजित



पहिलोपोस्ट

मैत्रीपूर्ण फुटबलमा नेपाल बंगलादेशसँग पराजित
फोटोहरु : एन्फा।

काठमाडौं: बंगलादेशमा जारी मुजिब बोर्सो फिफा इन्टरनेशनल सिरिज अन्तर्गतको नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। बंगबन्धु स्टेडियममा आज सम्पन्न खेलमा नेपाल २-० ले पराजित भएको हो।

बंगलादेशले खेलको पहिलो हाफमै अग्रता बनाएको थियो। खेलको १० औं मिनेटमा नबिब नवाज जीवनले बंगलादेशलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको बंगलादेशका लागि दोस्रो हाफमा महब्बुर रहमानले गोल गर्दै बंगलादेशको जित सुनिश्चित गरे। उनले खेलको ७९ मिनेटमा गोल गरेका थिए।

नेपालले पनि बिभिन्न अवसरहरु सिर्जना गरेर पनि गोल गर्न चुकेको थियो।

यो मैत्रीपूर्ण खेलले नेपाल र बंगलादेश दुबै देशका लागि फिफा विश्वकप छनोट अन्तर्गतका खेलका लागि सहयोग पुर्‍याउने छ। विश्वकप छनोटमा नेपाल समुह बी मा छ भने बंगलादेश समूह इ मा छ। कोभिडका कारण स्थगित विश्वकप छनोटका खेलहरु सन् २०२१ मा हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell