PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कार्यकारी अध्यक्षको जिम्मेवारीप्रति ओलीलाई प्रचण्डको प्रतिप्रश्न :हलो अड्काएर गोरु चुट्ने अनि जाली कुरा गर्ने?



पहिलोपोस्ट

कार्यकारी अध्यक्षको जिम्मेवारीप्रति ओलीलाई प्रचण्डको प्रतिप्रश्न :हलो अड्काएर गोरु चुट्ने अनि जाली कुरा गर्ने?

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पत्रको जुहारी चलेको छ। गत शनिबार कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सदस्यले सचिवालय बैठकको माग  गर्दै लिखित पत्र बुझाए। त्यसको प्रतिउत्तरमा बिहीबार  नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई सम्बोधन गर्दै पत्रमार्फत् नै दिए। फेरि उक्त पत्रको जवाफ प्रचण्डले १९ पृष्ठ लामो पत्रमार्फत दिएका छन्।

ओलीले कार्यकारी अध्यक्ष भएपछि पार्टीमा के जिम्मेवारी पूरा भयो भन्दै सोधेको प्रश्नको जवाफमा प्रचण्डले हलो अड्काएर गोरु चुट्ने काम भएको बताएका छन्।

उनले भनेका छन्, 'एकातिर  कार्यकारी अध्यक्ष दिइसकेपछि गरेर देखाउनुपर्‍यो भन्नुहुन्छ। अर्कोतिर १ नम्बर पनि मै हो कार्यकारी पनि मै हो भनेर एकता प्रक्रियादेखि अन्य कुनै काम आफ्नो सहमतिबिना हुन नसक्ने अड्डी लिनुहुन्छ। यसलाई हलो अड्काउने र गोरु चुट्ने बाहेक के भनेर बुझ्ने कमरेड?'

त्यस्तै उनले राजदूत नियुक्तिमा छलफल भएको तर कुरा नमिलेको स्पष्ट पारेका छन्। उनले स्थायी कमिटी बैठकको मर्म र भावना अनुसार कमिटी बैठकमा छलफल गर्नुपर्छ भन्दा ओलीले हुन्छ  भनेको र पछि जाली कुरा गरेका पत्रमा उल्लेख गरेका छन्।

म बालुवाटारबाट निस्किएपछि त्यसै दिनको क्याबिनेटबाट थाहै नदिईकन क्याबिनेटबाट राजदूत सिफारिस गर्नुभयो। अहिले पत्रमा सबै कुरालाई सल्लाहले गरेको भन्नु दिउँसै रात पार्ने जाली कुरा भएन र कामरेड?,प्रचण्डले सोधेका छन्।

त्यस्तै उनले कार्यकारी अध्यक्षले नेताहरुसँग छलफल गर्दा गुट भेलाको आरोप लगाएको तर जबजको पक्षमा व्यापक परिचालन गर्न कमिटीले निर्देशन दिएको हो भन्दै प्रश्न गरेका छन्।

 प्रचण्डले सोधेका छन्, ‘अर्काको आङको जुम्रा देख्ने, आफ्नो आङको भैँसी पनि नदेख्ने भनेको यही होइन र?

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell