PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

फर्मिनोको गोलमा जित निकाल्दै ब्राजिल शीर्षस्थानमा, उरुग्वेले कोलम्बियालाई हरायो



पहिलोपोस्ट

फर्मिनोको गोलमा जित निकाल्दै ब्राजिल शीर्षस्थानमा, उरुग्वेले कोलम्बियालाई हरायो

फिफा विश्वकप अन्तर्गत आज बिहान सम्पन्न दक्षिण अमेरिकी छनोट अन्तर्गतको खेलमा ब्राजिलले भेनेजुएलामाथि संघर्षपूर्ण जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा ब्राजिलले १-० को जित निकाल्दै शीर्षस्थानमा उक्लिएको हो।

ब्राजिलको जितमा रोबेर्टो फर्मिनोले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले ६७ औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै आजनै भएको अर्को खेलमा उरुग्वेले कोलम्बियामाथि सहज जित निकाल्यो। उरुग्वेको जितमा एडिन्सन काभानी, लुइस स्वारेज र डार्विन नुइजले गोल गरे।

काभानीले पाँचौं मिनेटमा गरेको गोलमा उरुग्वे पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै स्वारेजले गोल थपे। उनले ५४ औं मिनेटमा गोल गर्दा ७३ औं मिनेटमा नुइजले गोल गरे।

विश्वकपको दक्षिण अमेरिकी छनोटमा लगातार तीन जित निकालेको ब्राजिल ९ अंकसहित शीर्षस्थानमा छ भने उरुग्वे १ पराजय र दुई जितसहित ६ अंक जोडेर चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell