काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका छन्।
प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको उनको भनाई छ।
'म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु,' उनले फेसबुकमा भनेका छन्, 'व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ।'
नेकपामा दुई अध्यक्षको पत्र आदान प्रदानले विवाद थप चर्काएको छ।
कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन...
Posted by Shankar Pokhrel on Friday, November 13, 2020
