PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लागुऔषध मुद्दामा अर्जुन रामपालसँग ७ घण्टा सोधपुछ



पहिलोपोस्ट

लागुऔषध मुद्दामा अर्जुन रामपालसँग ७ घण्टा सोधपुछ

बलिउड अभिनेता अर्जुन रामपालसँग नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले ७ घण्टा सोधपुछ गरेको छ।

सुशान्तसिंह राजपुत निधनसँग जोडिएको बलिउड लागुऔषध दुर्व्यसनी तथा ओसारपसार मुद्दामा छानविन गरिरहेको एनसीबीले शुक्रवार अर्जुनको ७ घण्टे वयान लिएको हो। अर्जुनले छानविनमा पूर्ण रुपले सघाउने प्रतिबद्धता समेत जनाएका छन्।

लागुऔषधसँग आफ्नो कुनै सम्बन्ध नभएको वयानका क्रममा अर्जुनले बताएका छन्। आफ्नो घरमा भएको औषधि र प्रस्क्रिप्शन एनसीबीका अधिकारीलाई बुझाइसकेको पनि उल्लेख गरेका छन्।

अर्जुनभन्दा अगाडि उनकी पार्टनर गैब्रिएलासँग पनि एनसीबीले सोधपुछ गरेको थियो। अर्जुन रामपालको बंगलामा छापा मारेपछि एनसीबीले अर्जुन र गैब्रिएलालाई पत्र पठाएर बोलाएको थियो।

यसअघि एनसीबीले दीपिका पादुकोण, रिया चक्रवर्ती लगायत अभिनेत्रीको वयान लिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell