काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९४६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा भएको ८ हजार ७५३ नमुना परीक्षणका क्रममा ८१६ महिला र एक हजार १३० पुरुषमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख ५।
योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ८ हजार २९९ पुगेको छ। संक्रमण पुष्टि भएका मध्ये पछिल्लो २४ घण्टामा दुई हजार ५०३ जना संक्रमण मुक्त भएका छन्। योसँगै कुल संक्रमितको ८१.९ प्रतिशत संक्रमित संक्रमण मुक्त भइसकेका छन्। हालसम्म नेपालमा एक लाख ७० हजार ६३२ जनामा संक्रमण मुक्त भएका छन्।
हाल नेपालमा ३६ हजार ४५२ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यसैबीच पछिल्लो २४ घण्टामा थप १३ जनामा कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या एक हजार २१५ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ६४२, भकत्पुरमा ८८ र ललितपुरमा १०५ जना गरी उपत्यकामा मात्र ८३५ जनामा संक्रमण पुष्टि भएको छ।
