PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

धरानमा कोरोना संक्रमणका कारण १९ वर्षीया सुत्केरी किशोरीको मृत्यु



रासस

धरानमा कोरोना संक्रमणका कारण १९ वर्षीया सुत्केरी किशोरीको मृत्यु

धरान : यहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक १९ वर्षीया संक्रमित किशोरीको मृत्यु भएको छ। सनुसरीको बराहक्षेत्र नगरपालिका-५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रवार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो। शुक्रवार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो। यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ९८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell