PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

नेकपा विवाद चुलिएका बेला प्रधानमन्त्रीले भेटे राष्ट्रपति



पहिलोपोस्ट

नेकपा विवाद चुलिएका बेला प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। पार्टीभित्रको विवाद सतहमा रहेका बेला ओली आइतबार साँझ  शीतलनिवास पुगेका थिए। उनीहरुबीचको भेलालाई महत्त्वका साथ हेरिएको छ।

शुक्रबार  बसेको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीचको पत्र पेस भएको छ। प्रचण्डले पेस गरेको पत्रप्रति प्रधानमन्त्री निकट नेताहरुले चर्को आपत्ति जनाइरहेका छन् ।

राष्ट्रपति भण्डारीले नेकपा विवादमा चासो राख्दै आएकी छिन्। उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापालाई  केही समयअघि शीतलनिवास बोलाएर पार्टी एकतामा भूमिका खेल्न र  ओलीको पक्षमा लाग्न आग्रह गरेकी थिइन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell