PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

एसपीको खास मान्छे भन्दै अवैध रूपमा रकम असुली गर्ने एक जना पक्राउ



रासस

एसपीको खास मान्छे भन्दै अवैध रूपमा रकम असुली गर्ने एक जना पक्राउ

इनरुवा : सुनसरीका प्रहरी उपरीक्षक कमल थापाको खास मान्छे भन्दै अवैध रूपमा रकम असुली गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विकास भनिने विक्रम गुप्ता रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। प्रहरी उपरीक्षक कमल थापाको मुख्य मान्छे रहेको र ठूला मुद्दा मात्रै हेर्ने भन्दै अवैध रकम असुली गरेको अभियोगमा गुप्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

गुप्ताले सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा रहेका व्यवसायीबाट रकम असुलेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell