PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

प्रदेश १ मा २३१ जनामा कोरोना संक्रमण पुष्टि, ६२५ जना डिस्चार्च



रासस

प्रदेश १ मा २३१ जनामा कोरोना संक्रमण पुष्टि, ६२५ जना डिस्चार्च

विराटनगर : प्रदेश १ मा शनिवार २३१ जना कोरोना संक्रमित थपिएका छन्। शनिवार गरिएको ७२५ जनाको पीसीआर परीक्षणमा १०५ महिला र १२६ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

संक्रमित भएकामा झापामा १०३, मोरङमा ८६, सुनसरीमा ३३, इलाममा तीन, तेह्रथुममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका तीन जना रहेका छन्। प्रदेशमा अहिलेसम्म संक्रमितको सङ्ख्या २३ हजार ६६५ पुगेको छ।

प्रदेश नम्बर १ मा पछिल्लो २४ घण्टामा छ सय २५ जना संक्रमित निको भई घर फर्केका छन्। उनीहरु विभिन्न अस्पताल र होम आइसोलेसनबाट निको भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा अहिलेसम्म निको हुनेको सङ्ख्या १७ हजार ७७८ पुगेको छ।

प्रदेशमा हालसम्म एक लाख ७८ हजार ७९ जनाको पीसीआर परीक्षण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell