PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

१५२ किलो बँदेलको मासुसहित तीन जना पक्राउ



रासस

१५२ किलो बँदेलको मासुसहित तीन जना पक्राउ

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु बँदेलको काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत मूलपानी चोकबाट शनिवार उनीहरुलाई पक्राउ गरेको हो। कर्णाली प्रदेश ०२००१ ख ०२६२ नम्बरको सेतो रङ्गको फोर्स गाडीमा जाँच गर्दा पाँच बोरा (१५२.५७ किलो) मासु बरामद गरेको प्रहरी निरीक्षक रायमाझीले बताए।

उनका अनुसार गाडीको छतमा लुकाइराखिएको अवस्थामा मासु बरामद गरिएको थियो। गाडी चालक बराहताल गाउँपालिका-८ सुर्खेतका २७ वर्षीय अर्जुन गौतम, संरक्षित वन्यजन्तुको मासु प्राप्त गर्ने वीरेन्द्रनगर नगरपालिका-४ जुम्लाका ४५ वर्षीय प्रेम बुढामगर र चौकुने गाउँपालिका-८ सुर्खेत का ३५ वर्षीय दीपेन्द्रराज गिरीलाई पक्राउ गरी अनुसनधान थालिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell