PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

रामोस दुई पटक पेनाल्टीमा चुक्दा दश खेलाडीमा सीमित स्वीजरल्याण्डसँग बराबरीमा रोकियो स्पेन



पहिलोपोस्ट

रामोस दुई पटक पेनाल्टीमा चुक्दा दश खेलाडीमा सीमित स्वीजरल्याण्डसँग बराबरीमा रोकियो स्पेन

युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेन र स्वीजरल्याण्ड बराबरीमा रोकिएका छन्। सेन्ट ज्याकोब पार्कमा भएको खेलमा समूह डी को खेलमा स्पेन घरेलु टोलीसँग १-१ को बराबरीमा रोकिएको हो।

खेलमा घरेलु टोलीले अग्रता बनाएको थियो। २६ औं मिनेटमा रेमो फ्रेउलेरको गोलमा स्वीजरल्याण्ड अघि बढ्यो। पहिलो हाफमा १ गोलले अघि रहेको स्वीजरल्याण्ड दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको थियो।

स्पेनले दोस्रो हाफमा पाएका राम्रो अवसरहरु गुमाएको थियो। सबैभन्दा महत्वपूर्ण कुरा त सर्जियो रामोसले दुई पटक पेनाल्टीको मौका पाएर पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। उनले खेलको ५७ औं मिनेट र ८० औं मिनेटमा पेनाल्टीको अवसर पाएका थिए। यद्यपि दुबै अवसरमा उनी चुके।

खेलको ७९ मिनेटमा स्वीजरल्याण्डका निको एल्भेडी रेड कार्ड खाँदै बहिरिएका थिए। उता स्पेनका लागि जेरार्ड मोरोनोले ८९ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउन भने सफल भए।

बराबरीमा रोकिएसँगै ५ खेलबाट ८ अंक जोडेको स्पेन दोस्रो स्थानमा छ भने समान खेलबाट ३ अंकजोडेको स्वीजरल्याण्ड पुछारमा छ। समूहको शीर्षस्थानमा जर्मनी र तेस्रो स्थानमा युक्रेन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell