युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको समूह ‘सी’ को खेलमा फ्रान्सले पोर्चुगलमाथि संघर्षपूर्ण जित निकालेको छ। पोर्चुगलको लिस्बनमा भएको खेलमा घरेलु टोलीमाथि फ्रान्सले १-० को संघर्षपूर्ण जित निकालेको हो।
फ्रान्सको जितका लागि एनगोलो कान्टेले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा कान्टेले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए।
गएराति नै भएको समूह सी कै अर्को खेलमा स्वीडेनले क्रोएसियालाई २-१ ले पराजित गर्यो। स्वीडेनको जितमा डेजन कुलुसेभ्स्कीले ३६ औं मिनेट र मार्कस ड्यानियलसन्ले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका थिए। त्यस्तै खेलको ८१ औं मिनेटमा ड्यानियलसन्ले नै आत्मघाती गोल गर्न पुगेका थिए।
यो सँगै समूह सी को शीर्षस्थानमा ५ खेलबाट १३ अंक जोडेको फ्रान्स छ। त्यस्तै दोस्रो स्थानमा १० अंक बनाएको पोर्चुगल छ भने तेस्रो र चौथो स्थानमा समान ३ अंक बनाएका क्रोएसिया र स्वीडेन छन्।
