PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

सरकारी बस सञ्चालनको तयारीमा प्रदेश २ : निजीभन्दा कम भाडामा चल्नेगरी जनकपुर आइपुग्यो ५ वटा बस



राधेश्याम पटेल

सरकारी बस सञ्चालनको तयारीमा प्रदेश २ : निजीभन्दा कम भाडामा चल्नेगरी जनकपुर आइपुग्यो ५ वटा बस

वीरगंज : प्रदेश २ सरकारले यातायात सहजताको लागि पूर्वपश्चिम राजमार्गमा सरकारी बस दौडाउने योजना अघि बढाएको छ। एक महिनाभित्र जनकपुरबाट पर्साको वीरगंज र सप्तरीको राजविराजसम्म सरकारी बस चलाउन प्रदेश २ मातहतको भौतिक पूर्वाधार विकास मन्त्रालयले योजना अघि बढाएको छ।

गत आव २०७६/०७७ को बजेटमा प्रदेश सरकारले सरकारी बस चलाउने योजनाको लागि बजेट विनियिोजन गरेको थियो। सोही अनुरुप टेण्डर गरी सिप्रदी प्रालिबाट शुरुवाती चरणमा यसै वर्ष ५ वटा ५० सिटे बस पनि खरिद गरी अस्थायी राजधानी जनकपुर ल्याई सकिएको भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जानकारी दिए। भारतबाट चेचिस ल्याई भैरहवा नाकाबाट नेपाल भित्रेका बसहरुको बोडी तथा अन्य रंगरोगनको काम भैरहावामै भएपछि बसहरु जनकपुर ल्याइएको हो। ३ करोड ३९ लाख ७५ हजारमा ५ बस खरिद गरिएको मन्त्रालयले जनाएको छ।

बस अहिले ढल्केवरस्थित सिप्रदी प्रालिको गोदाममा राखिएको छ। चाँडै नै बस सञ्चालन सम्बन्धी कार्यविधि बनाएर बस सञ्चालनमा आउने भौतिकमन्त्री सोनलले स्पष्ट पारे। ‘बस चलाउने योजना अनुसार, कसरी, कुन रुटमा सञ्चालन गर्ने, भाडा कति राख्ने, बस सञ्चालनको लागि चालक, सहचालक कसरी नियुक्त गर्नेलगायत सबै विषयमा कार्यविधि बन्दैछ,' उनले भने, ‘सबै प्रकृया पुरा भएपछि बस सञ्चालनको उद्घाटन कार्यक्रम गरी बस राजमार्गमा दौडिन्छ।’ पहेलो रंगको बसमा प्रदेश परिवहन लेखिएको छ। यो बसमा यात्रा गर्दा निजीभन्दा कम भाडा तोक्ने प्रदेश सरकारको तयारी छ। प्रदेश २ को पर्सादेखि सप्तरीसम्मको आठ जिल्लाका जनताको आवागमनको लागि यस्तो योजना ल्याइएको मन्त्रालयको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell