PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

पशुपतिमा गाई तिहार, गोरु र हलीको पनि पूजा

पशुपतिमा गाई तिहार, गोरु र हलीको पनि पूजा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजा गरिँदैछ।

गाई तिहारको अवसरमा आज काठमाडौंको पशुपति क्षेत्रमा रहेको नन्दी सेवा स्थलमा गाई गोरुको पूजा गरियो। यस्तै, सर्वसाधरणहरु जनैपूर्णिमामा हातमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँध्न पुगेका थिए। उक्त डोरो मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ। गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ। यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell