PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सम्बन्धमा संघर्षको कथा, फिल्म 'सम्बन्धक्' युट्यूब रिलिज



पहिलोपोस्ट

सम्बन्धमा संघर्षको कथा, फिल्म 'सम्बन्धक्' युट्यूब रिलिज

नेहा ग्राफिक डिजाइनर बन्न चाहन्छिन्। त्यस सम्बन्धित कोर्स पढ्नकै लागि उनी अस्ट्रेलिया जाने तयारीमा हुन्छिन्‍। तर, परिवारप्रतिको जिम्मेवारीले उनलाई बाँध्छ। ह्विलचेयरको सहायतामा यता उता गर्ने भाइ राजुका लागि नेहा वैसाखी सरह हुन्। दाजु रमेशलाई लाग्छ बहिनी विदेश जानुको अर्थ – परिवारबाट टाढा हुनु र बिर्सनु।

अन्जानमै दुई दाजुभाइ नेहामा निर्भर भएका हुन्छन्। जसका कारण उनी विदेश जाने योजना स्वीकार्य हुँदैन। नेहाका लागि सम्बन्ध नै बन्धक बन्छ।  दाजुभाइलाई मनाउनकै लागि नेहा अन्यौलता र फरक मानसिक संघर्षबाट गुज्रनुपर्छ। यी दाजु, बहिनी र भाइबीचको कथा देखाइएको छ सर्ट फिल्म 'सम्बन्धक्'मा।

सिद्धार्थ पुडासैनी निर्देशित फिल्म भाइटिकाको पूर्वसन्ध्यामा युट्युब रिलिज भएको छ। टुनामुना प्रोडक्सनको प्रस्तुति रहेको 'सम्बन्धक्'मा कथा तथा सम्पादन पनि निर्देशक पुडासैनीकै रहेको छ।

कलाकारहरू मीरा खड्का, सन्देश शाक्य, सिमान्त पुडासैनी, आकांक्षा जिसीलगायतको अभिनय रहेको फिल्मलाई मनिस पोखरेल र क्षितिज कार्कीले खिचेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell