PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

कमेडी च्‍याम्पियन निर्देशकले गरे नयाँ रियालिटी सो 'डान्स मास्टर लिटल च्याम्प्स' घोषणा



पहिलोपोस्ट

कमेडी च्‍याम्पियन निर्देशकले गरे नयाँ रियालिटी सो 'डान्स मास्टर लिटल च्याम्प्स' घोषणा

काठमाडौं : नयाँ डान्सिङ रियालिटी सो बन्‍ने घोषणा भएको छ। कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीले बालबालिकाहरूको लागि 'डान्स मास्टर लिटल च्याम्प्स' बनाउने बताएका हुन्।

कार्यक्रम सहनिर्माणका लागि लक्ष्मी पूजाको दिन थ्री प्रोडक्सन र नेपा प्रोडक्सनले सम्झौता गरे। तीनजना जज र एकजना सुपर जज रहने छन्। सोमा बलिउडमा कार्यरत् नेपाली मुलका डान्सर निर्णायक रहनेछन्।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने यस सोका विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन्। त्यस्तै फस्ट रनर्सअपले १५ लाख र सेकेन्ड रनर्सअपले १० लाख रुपैयाँ पाउने छन्। पुरस्कार रकमको ५० प्रतिशत् कोरियोग्राफरको हुनेछ।

कमेडी च्याम्पियनको दोश्रो सिजन प्रसारण जगत्तै उक्त नृत्य प्रतिस्पर्धा सुरु हुनेछ। कमेडी च्याम्पियनको डिजिटल अडिसन सकेर फिजिकल अडिसनको तयारीमा हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell