PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोरोना भाइरसको संक्रमणका कारण भारतमा थप आठ नेपालीको मृत्यु



रासस

कोरोना भाइरसको संक्रमणका कारण भारतमा थप आठ नेपालीको मृत्यु

काठमाडौं : कोरोना भाइरसको कारणले विदेशमा थप आठ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नईमा कोरोना भाइरसका कारण आठ जना नेपाली मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली संख्या २९३ जना पुगेको छ। संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये अनुमानित ४१ हजार ४३९ जना कोरोना संक्रमणमुक्त भएका छन्। विदेशमा कोरोनामुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ।

यो साता नेपालमा मात्र दुई लाख ६ हजार ३५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये एक लाख ६८ हजार १२९ जना कोरोनामुक्त भएका छन्। नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ८१ दशमलव पाँच प्रतिशत रहेको छ। शनिवार साँझसम्म नेपालमा एक हजार २०२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने ससाना भेटघाटहरु कम गर्न आग्रह गरेको छ। समितिका संयोजक डा सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell