PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

लामो समयसम्म नविरकण नगर्ने लमजुङका चार उद्योग खारेज



रासस

लामो समयसम्म नविरकण नगर्ने लमजुङका चार उद्योग खारेज

लमजुङ : घरेलु तथा साना उद्योग कार्यालयले चार उद्योग खारेज गरेको छ। लामो समयसम्म नविरकण नगर्ने, उद्योग सञ्चालन नगर्ने सो सङ्ख्याका उद्योगलाई यस चालू आर्थिक वर्ष २०७७/२०७८ को साउनदेखि कात्तिक महिनाको अवधिमा खारेज गरेको कार्यालयले जनाएको छ।

उद्योग दर्ता गरेको धेरै समय र उद्योग सञ्चालन नगरेका उद्योग खारेज गरिएकोे घरेलु कार्यालयका प्रमुख तोपलाल भुषालले बताए। उनका अनुसार चालू आवको चार महिनाको अवधिमा ३०५ नयाँ उद्योग दर्ता भएका छन् भने १३० उद्योग नविकरण भएको छ। त्यस्तै, यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा ११ उद्योग खारेज गरेको थियो। सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता भएका थिए।

आर्थिक वर्ष २०७५/२०७६ मा छ उद्योग खारेज भएका उक्त कार्यालयले जनाएको छ। त्यस्तै, यस आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नविकरण भएको थियो। कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा १० वटा उद्योग खारेज गरिएको थियो। २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नविकरण भएको घरेलु कार्यालयको तथ्याङ्कमा छ। आर्थिक वर्ष २०७३/२०७४ मा आठ उद्योग खारेज भएका थिए। उक्त आर्थिक वर्षमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नविकरण भएको थियो।

त्यस्तै, बाणिज्यतर्फ आर्थिक वर्ष २०७७/२०७८ को चार महिनाको अवधिमा १२ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ। कार्यालयका अनुसार २१२ नयाँ वाणिज्य दर्ता भएका र २१६ को नविकरण भएको छ। अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा २५ को बाणिज्य दर्ता खारेज भयो भने ७६२ नयाँ दर्ता र ३२० को नविकरण भएको थियो। आर्थिक वर्ष २०७५/२०७६ मा २३ वाणिज्य दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell