PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

इङ्ग्ल्याण्डलाई हराउँदै बेल्जियम अंकतालिकाको शीर्षस्थानमा



पहिलोपोस्ट

इङ्ग्ल्याण्डलाई हराउँदै बेल्जियम अंकतालिकाको शीर्षस्थानमा

युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको समूह बी को खेलमा बेल्जियमले इङ्ग्ल्याण्डमाथि सहज जित निकालेको छ। किंग पावर स्टेडिओनमा भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डमाथि २-० को जित निकालेको हो।

खेलको १० औं मिनेटमा रोमेलु लुकाकुको पासा युरी टाइल्समेनको गोलमा बेल्जियमले अग्रता बनाएको थियो। त्यस्तै २३ औं मिनेटममा ड्राइज मेट्रिन्सले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए। पहिलो हाफमै २-० ले बेल्जियम अघि रह्यो भने दोस्रो हाफमा दुबै टिमले गोल गर्न सकेनन्।

गएराति नै भएको समूह बी को अर्को खेलमा डेनमार्कले आईसल्याण्डलाई हरायो। पार्केन स्टेडियममा भएको खेलमा घरेलु टोलीले आईसल्याण्डमाथि २-१ गोलअन्तरले जित निकालेको हो।

डेनमार्कको जितमा क्रिस्टियन इरिक्सनले १२ औं र अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गरे भने आइसल्याण्डका भिओर ओर्न कजार्टनसनले ८५ औं मिनेटमा सान्त्वना गोल फर्काए।

गएरातिको खेलसँगै समूह बी को शीर्षस्थानमा १२ अंकसहित बेल्जियम छ। त्यस्तै १० अंक जोडेको डेनमार्क दोस्रो, ७ अंक जोडेको इङ्ग्ल्याण्ड तेस्रो र अंकबिहीन आईसल्याण्ड तालिकाको पुछारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell