PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

पोल्याण्डलाई हराउँदै इटली शीर्षस्थानमा



पहिलोपोस्ट

पोल्याण्डलाई हराउँदै इटली शीर्षस्थानमा

युईएफए नेशन्स कप अन्तर्गत गएराति भएको खेलमा इटलीले पोल्याण्डमाथि जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा इटलीले पोल्याण्डमाथि २-० को जित निकाल्दै समूह ए को शीर्षस्थानमा उक्लिएको हो।

इटलीलाई खेलको २७ औं मिनेटमा पेनाल्टीमार्फत जोर्गिन्होले अग्रता दिलाएका थिए। पहिलो हाफमा इटली एक गोलले अघि रह्यो। दोस्रो हाफमा गोरलस्की रातोकार्ड खाँदै बाहिरिँदा पोल्याण्ड १० खेलाडीमा सीमित भएको थियो। उनी ७७ औं मिनेटमा बाहिरिएका थिए। ८३ औ मिनेटमा डोमेनिको बेरडीले गोल थप्दा इटलीले पोल्याण्डमाथि २-० को जित हातपारेको हो।

त्यस्तै गएराति नै भएको समूह ए को अर्को खेलमा नेदरल्याण्डस्ले बोस्निया एण्ड हर्जगोभनियामाथि ३-१ को जित निकाल्यो। नेदरल्याण्डस्को जितमा जोर्गिनोले दोहोरो गोल गर्दा मेमफिस डिपेले एक गोल गरे। उता हर्जगोभनियाका लागि स्मेइल प्रेभलजकले सान्तना गोल गरे।

समूह ए मा इटली ९ अंकसहित शीर्षस्थानमा छ भने नेदरल्याण्डस् ८ र पोल्याण्ड ७ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्। २ अंक जोडेको बोस्निया एण्ड हर्ज गोभनिया तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell