PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दिदीभाइका लागि खुल्यो रानीपोखरी, भाइजर र मास्क सहित बालगोपालेश्वरमा भाइटीका

दिदीभाइका लागि खुल्यो रानीपोखरी, भाइजर र मास्क सहित बालगोपालेश्वरमा भाइटीका

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं :  आज भाइटीका। दिदीबहिनीहरुले आफ्नो दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदैछन्।

हरेक वर्ष भाइटीकाका दिन रानीपोखरीमो मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगाउन पुग्नेको भिड हुन्थ्यो। दिदीभाई नहुनेहरुले यहाँ पुगेर टीका लगाउने गर्थे। तर २०७२ सालको भूकम्पमा रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा क्षति पुगेपछि तिहारमा त्यहाँ भाइटीका गर्ने प्रचलन रोकिएको थियो। मन्दिर बन्द भएपछि बाहिरनै टीका लगाउने गरिन्थ्यो।

६ वर्षपछि भने आज रानीपोखरीको बालगोपालेश्वमा फेरि दाजुबहिनीहरुको संगम भएको छ। २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको रानीपोखरी र बालगोपालेश्वरको मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि आजदेखि सर्वसाधरणका लागि खुल्ला गरिएको छ।

बिहानै देखि भाइटीका लगाउन सर्वसाधरणहरु बालगोपालेश्वर मन्दिर पुगिरहेका छन्। मन्दिर प्रवेश गर्नेहरुका लागि तापक्रम परीक्षण गर्ने र स्यानिटाइजरको व्यवस्था गरिएको छ।

मन्दिरमा टीका लगाउन बसेका अधिकांश दिदीबहिनीहरुले फेस सिल्ड र मास्क लगाएका छन्। टीका थाप्न पुग्नेहरुले पनि अनिवार्य रुपमा मास्क लगाएका छन्। यस्तै, धेरैजना मल्लकालिन शैलीमा पुनर्निर्माण गरिएको रानीपोखरीमा घुम्न पुगिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell