PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

मैनबत्तीबाट आगो सल्केर झापामा एक बालिकाको मृत्यु



रासस

मैनबत्तीबाट आगो सल्केर झापामा एक बालिकाको मृत्यु

दमक : मैनबत्तीबाट आगो सल्केर झापाको कमल गाउँपालिकामा गए राति एक बालिकाको मृत्यु भएको छ। कमल-२ स्थित थापा गाउँका ध्रुव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो सल्किएको थियो। आगो दन्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घटनास्थलमै बालिकाको मृत्यु हुन पुगेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए।

आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो पूर्णरूपमा जलेर नष्ट हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किएर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते भएका थिए। स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell