PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

राष्ट्रिय गौरवका दुई आयोजना, पोखरा र भैरहवा विमानस्थलः हात्ती छिर्‍यो पुच्छर अड्कियो



वसन्तराज उप्रेती

राष्ट्रिय गौरवका दुई आयोजना, पोखरा र भैरहवा विमानस्थलः हात्ती छिर्‍यो पुच्छर अड्कियो

काठमाडौंः निर्वाध काम हुन पाएको भए यतिबेला भैरहवाको गौतम बुद्ध क्षेत्रीय विमानस्थल सञ्चालनमा आइसकेको हुन्थ्यो। तयार हुने अन्तिम चरणमा पुगेको यो विमानस्थल यतिबेला विदेशी प्राविधिक नआएका कारण बाटो हेरेर बसेको छ। काम रोकिएका छन्।

निर्माण कार्य ९२ प्रतिशत पुगिसकेको यो विमानस्थल अब ढिला हुने देखिएको छ। पछिल्लोपटक संशोधित मिति अनुसार आगामी डिसेम्बरसम्म पूरा गरेर मार्चबाट सञ्चालनमा ल्याउने लक्ष्य थियो।

विमानस्थल निर्माण आयोजनाका अनुसार टर्मिनल भवन, धावनमार्गमा प्रयोग हुने विद्युतीय उपकरण, कन्ट्रोल टावरमा आवश्यक उपकरण, मौसम पूर्वानुमान उपकरण, भीओआरडीएमई सेटलाइट उपकरण लगायतका सेट निर्माणस्थलमा आइसकेको छ। आइसिबी जेरो वन अन्तर्गत धावनमार्गको लाइट, ब्यागेज ह्याण्डलिङ सिस्टम, टर्मिनल बिल्डिङ उपकरण, एसी लगायतका सामाग्री लगभग सबै आइसके पनि त्यसको जडान गर्न विदेशबाट आउनुपर्ने प्राविधिक जनशक्ति आइपुगेका छैनन्।

'करिब करिब तयार भइसकेको अवस्था हो। केही उपकरण जडानका लागि विदेशबाट प्राविधिक आइनपुगेकाले केही महत्त्वपूर्ण काम बाँकी छन्,' आयोजना प्रमुख प्रवेश अधिकारीले भने।

उनका अनुसार यतिबेला पनि काम भने रोकिएको छैन। विमानस्थलमा मार्बल, टायल, फल्स सिलिङ, केबल, डक्ट राख्नेलगायतका कामहरु भइरहेका छन्। उपकरण जडानका लागि चीनबाट तीनवटा समूहका जम्मा ३५ जना जनशक्ति आइपुग्नुपर्ने छ।

https://bizmandu.com/assets/upload/images/Gautam%20buddha%20airport%20Bhairhawa%2005(1).jpgयसैगरी आइसीबी जेरो टु अन्तर्गत आवश्यक कम्युनिकेसन इक्विपमेन्ट, नेभिगेसन, मेट्रोलोजी लगायत आवश्यक उपकरण साइटमा आइपुगे पनि जडानका लागि जनशक्ति नभइदिँदा मुख्य काम रोकिएको आइसिबी जेरो टुका प्रोजेक्ट मेनेजर प्रवीण न्यौपानेले बताए।
युके र अस्ट्रियाबाट मगाइएको कम्युनिकेसन इक्विपमेन्ट जडानका लागि तत्काल कोभिड-१९ का कारण अस्ट्रियाको भियनाबाट प्राविधिक जनशक्ति आउन समय लागेको प्रोजेक्ट मेनेजर न्यौपानेको भनाइ छ।

अमेरिकी सिस्टम अन्तर्गत नेभिगेसन सिस्टम जडानका लागि पनि जनशक्ति उतैबाट आउनुपर्ने उनले बताए। कम्युनिगेसन, नेभिगेसन, मेट्रोलोजी लगायतका उपकरण जडानमा थाइल्याण्ड, अष्ट्रेलिया र अमेरिकाबाट आवश्यक जनशक्ति ल्याउनका लागि मन्त्रालय, प्राधिकरणलगायत निकायले कूटनीतिक पहल गर्दै आएका छन्।

थाइल्याण्डबाट आउने २२ जना जनशक्तिले उपकरण जडान गर्ने र त्यसपछि अष्ट्रिया र अमेरिकाबाट आउने १० जनाको विज्ञ समूहले निरीक्षण गरेपछि मात्रै आइसीबी जेरो टु अन्तर्गतको काम पूरा हुनेछ। सम्बद्ध प्राविधिक आएर जडान कार्य सुरु गरेको दुई महिनामा आइसीबी जेरो टु अन्तर्गतको काम समापन हुने न्यौपानेले बताए।

'जडानको सबै काम सकिसकेपछि पनि परीक्षणका लागि एक महिना लाग्छ,' उनले भने।

https://bizmandu.com/assets/upload/images/Pokhara%20intl%20airport%2003%20copy(1).jpg

पोखरामा पनि अलमल

उता ६६ प्रतिशतले निर्माण कार्य सम्पन्न भएको गौरवको अर्को आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यतिबेला डेकोरेसन, टर्मिनल बिल्डिङको फिनिसिङका काम भइरहेको छ। केही कामका लागि चीनबाट आउनैपर्ने प्राविधिकको टिम आइपुगेको छैन।

आउन ढिला भएका कारण यतिखेर प्राय निर्माण उपकरण आइसके पनि उपकरण जडान हुन बाँकी नै रहेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए। 'तिहार लगत्तै चीनबाट ४९ जना प्राविधिक आउने कुरा छ। उपकरणहरु साइटमा आइसकेका छन्, हामी प्राविधिक पर्खिरहेका छौं,' उनले भने, '१६ जनाको भिसा अप्रुभल भइसकेको छ। बाँकी ३३ जनाको प्रक्रिया सुरु भइसकेको छ। तिहारलगत्तै १६ जना आइपुग्ने कुरा छ। त्यसपछि काम अगाडि बढ्ने आशा लिएका छौं।'

२२ अब रुपैयाँ लागतमा निर्माणाधीन यो विमानस्थलमा हालसम्म १० अर्ब ४१ करोड ६० लाख रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए। सन् २०२१ जुलाईमा सञ्चालनमा ल्याइने समयसीमा छ। विमानस्थलको निर्माणको काम चाइना सीएएमसीले गरिरहेको छ।

'अबको २० प्रतिशत काम भनेको उपकरण जडानको छ। बाँकी १४ प्रतिशत भौतिक निर्माणको काम छ। डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने योजना थियो,' प्रमुख मुनकर्मीले भने, 'तर सामान र जनशक्ति समयमै नआइपुग्दा यो असम्भव रह्यो। ठेकेदार कम्पनीले आउँदो जुलाइभित्रै काम पूरा गरिसक्छौं भनेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell