PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

मैत्रीपूर्ण फुटबल सिरिजमा नेपाल आज बंगलादेशसँग भिड्दै, बदला लिने मौका



पहिलोपोस्ट

मैत्रीपूर्ण फुटबल सिरिजमा नेपाल आज बंगलादेशसँग भिड्दै, बदला लिने मौका

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले आज मुजिब बोर्सो फिफा इन्टरनेसनल सिरिज अन्तर्गतको नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेशको सामना गर्दैछ। दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपालले ढाकास्थित बंगबन्धु स्टेडियममा पौने पाँच बजे खेल्नेछ।

यसअघि नेपाल पहिलो खेलमा घरेलु टोलीसँग २-० ले पराजित भएको थियो। नेपाल आजको खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने लक्ष्यका साथ मैदान उत्रने छ भने बंगलादेशको लक्ष्य लगातार दुई जित निकाल्दै सिरिज जित्ने हुनेछ।

कोरोना महामारी र लकडाउनको क्रममा लामो समय अभ्यासबिहीन बनेका फुटबल खेलाडीहरु एकहप्ताको छोटो अभ्यासपछि बंगलादेश गएका थिए। त्यसमा पनि केही पहिलो रोजाइकै खेलाडीहरुसमेत कोरोना र चोटका कारण टिममा नहुँदा पहिलो खेलमा केही नयाँ अनुहार पनि टिममा देखिएका थिए।

यो मैत्रीपूर्ण खेलले नेपाल र बंगलादेश दुबै देशका लागि फिफा विश्वकप छनोट अन्तर्गतका खेलका लागि सहयोग पुर्‍याउने छ। विश्वकप छनोटमा नेपाल समूह बी मा छ भने बंगलादेश समूह इ मा छ। कोभिडका कारण स्थगित विश्वकप छनोटका खेलहरु सन् २०२१ मा हुनेछ।

नेपाली टिम

अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेमजोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवि पासवान, सरोज दहाल, शेसेहाङ आङ्दम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell