PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

करिब पाँच किलो चरेशसहित दुई जना पक्राउ



राधेश्याम पटेल

करिब पाँच किलो चरेशसहित दुई जना पक्राउ

वीरगंज : पर्सा प्रहरीले ४ किलो  ८ सय ९० ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। पूर्व सूचनाको अधारमा जिल्ला प्रहरी  कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय विर्ताले सोमवार विहान १० बजे वीरगंज १६ मितेरी पुल नजिकबाट नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा जाँच गर्दा उक्त परिमाण चरेश बरामद भएको हो।

वीरगंज ३ छप्कैया बस्ने २८ वर्षे अभिषेक श्रीस्तवको साथबाट लागु औषध चरेश २ केजी ४४५ ग्राम र वीरगंज ५ बस्ने २३ वर्षे धिरज पटेलको साथबाट २ केजी ४४५ ग्राम लागू औषध बरामद भएको छ। लकडाउनको बेला पैदलै सुनदेखि लागूऔषध र मानव तस्करीसमेत वीरगंज नाकाबाट भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell