PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एकअर्काको फिल्ममा देखिँदै सलमान र शाहरुख, हुँदैछ ‘पठान’ र ‘टाइगर ३’को क्रसओभर



पहिलोपोस्ट

एकअर्काको फिल्ममा देखिँदै सलमान र शाहरुख, हुँदैछ ‘पठान’ र ‘टाइगर ३’को क्रसओभर

दुई वर्षपछि शाहरुख खानको कमब्याक रहने फिल्म ‘पठान’मा सलमान खानले विशेष भूमिका निर्वाह गर्ने खबर सार्वजनिक भएको थियो। शाहरुख पनि सलमानको फिल्म ‘टाइगर’को तेस्रो संस्करणमा देखिने बलिउड हंगामाले जनाएको छ।

शाहरुखले पठानकै पात्र बनेर टाइगर ३ मा विशेष प्रस्तुति दिनेछन्। सलमान पनि पठानमा टाइगर नै बनेर उपस्थित हुन लागेका हुन्। दुई सुपर स्टारसहितको यस्तो क्रसओभरलाई बलिउडमा पहिले नभएको समेत जनाइएको छ। जसलाई कोभिड-१९ पछि दर्शक आकर्षित गर्न र बक्सअफिस हिटका लागि पनि आवश्यक कदम मानिएको छ।

टाइगर ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ले स्थापित गराएको पात्र हो। सलमानले पठानका लागि १२ दिन दिनेछन्। त्यस लगत्तै टाइगर ३ को छायाँकन सुरु हुन्छ।

शाहरुखले आमिरको लालसिंह चड्डामा पनि केमियो भूमिका निर्वाह गरेका छन्। त्यसका लागि उनले आइपिएलका लागि दुबई जानुअघि नै छायाँकन सकिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell