PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

सुदूरपश्चिमका सामाजिक विकासमन्त्रीलाई कोरोना



एम बम

सुदूरपश्चिमका सामाजिक विकासमन्त्रीलाई कोरोना

कैलाली : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण भएको छ। कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनमा संक्रमण पुष्टि भएको हो।

मन्त्री सुबेदी अहिले होम आइसोलेसनमा बसेका छन्। उनले सामान्य ज्वरो र खोकी लागे पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए। मन्त्री सुबेदीले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षणका लागि दिएर आइसोलेसनमा बस्न पनि आग्रह गरेका छन्।

मन्त्रीलाई कोरोना संक्रमण हुनु अघि उनको सचिवालयका एक जना स्वकिय सचिव, एक जना निजी स्वकीय सचिव,  २ जना पिएसओ र एक जना चालकलाई कोरोना पुष्टि भएको थियो। 

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह लाई यह अघि कोरोना सङ्क्रमण भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell