PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

कुलेश्वरमा जुवा खालबाट ७ जना पक्राउ



पहिलोपोस्ट

कुलेश्वरमा जुवा खालबाट ७ जना पक्राउ

काठमाडौँः प्रहरीले काठमाडौंको कुलेश्वरबाट जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले सोमबार राति काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित शिव श्रेष्ठको घरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा घरधनी ४४ वर्षीय शिव श्रेष्ठ, यादव चौलागाई, राजु पौडेल, राजीव श्रेष्ठ, केशव प्रसाद मुडवरी, श्याम तामाङ र प्रेम बडुवाल रहेका छन्। उनीहरूको साथबाट प्रहरीले २ लाख ३८ हजार ८ सय ५० रुपैयाँ समेत बरामद गरेको महानगरीय प्रहरी वृत्त कालिमा टीका डिएसपी अपिल बोहराले जानकारी दिए।

त्यस्तै प्रहरीले ७ लाख ७४ हजारको विभिन्न बैङ्कको चेक समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell