PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

७ जना जुवाडे समातिए



पहिलोपोस्ट

७ जना जुवाडे समातिए

काठमाडौंः जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ।

मोरङमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले आज बिहान लेटाङ नगरपालिका वडा नम्वर ९ स्थित जाँतेबाट उनीहरुलाई पक्राउ गरेको हो।

सोएता मगरको घरमा जुवा खेलीरहेको अबस्थामा ददिराम पौडेल, निर्मल मगर, रन्जित मगर, नरध्वज खड्का, चन्द्रबहादुर गौतम,सिरि कुमार पुलामी मगर  र यम कुमार शेर्पालाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट प्रहरीले १ लाख ८८ हजार ७ सय रुपैयाँ समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell