PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

पर्यटक छैनन्, सुनसान छ गोसाइँकुण्ड, हेर्नुस् लाङटाङको पर्यटकीय स्थल

पर्यटक छैनन्, सुनसान छ गोसाइँकुण्ड, हेर्नुस् लाङटाङको पर्यटकीय स्थल

पहिलोपोस्ट /पहिलोपोस्ट


पर्यटक हुन्थे भने रसुवाको लाङटाङमा अलग्गै दृष्य देखिन्थ्यो यतिखेर। विदेशी पर्यटकसँगै स्वदेशीहरुको पनि बाक्लै आउजाउ चलिरहेको हुन्थ्यो। होटलहरुबाट धुँवा निस्किरहेका दृष्य सामान्य हुन्थ्यो।

कोरोना भाइरसका कारण पर्यटकको आगमन ठप्पजस्तै छ। मानिसहरुको गतिविधि नभएपछि यहाँ रहेका होटलमा ताला लागेका छन्। गोसाइँकुण्ड यतिखेर सुनसान छ। फाट्टफुट्ट मानिसहरु हेलिकप्टरमा यहाँ पुग्ने गरेका छन्, त्यो पनि ज्यादै न्युन। सोमवार गोसाइँकुण्डमा पुग्दा मन्दिर खुला थियो, पूजारी थिएनन्। त्रिशुलधारतिर अलिअलि पूजा भएका दृष्य देखिए पनि मानिसहरु सुनसान।

१ सय ८ वटा ताल रहेको यस क्षेत्रमा केन्द्रमा चाहिँ गोसाइँकुण्ड नै मानिन्छ। धार्मिक महत्व वेग्लै छ यस कुण्डको। दैत्य र देवताबीच समुन्द्र मन्थन हुँदा निस्केको कालकुटबिष शिवले सेवन गरेको कथा छ। त्यही बिषले छटपटी भएपछि यहाँ पुगेका शिवले आफ्नो त्रिशुलले जमिन खोपेपछि यो ताल बनेको किम्बदन्ती छ। यही तालमा शिव जलक्रिडा गरेर आफूलाई शान्त गराएको किम्बदन्ती छ। त्रिशुल गाडेर पानी निकालेको हुनाले यहाँबाट सुरु हुने नदीको नाम त्रिशुली रहन गएको हो।

हिन्दु र बौद्ध मार्गीहरुको यो पवित्र तीर्थस्थल मानिन्छ। जनै पूर्णिमा र दशहरामा यहाँ भिड नै लाग्छ। हेर्नुस् यहाँका दृष्यहरु :



ट्रेन्डिङ पोस्ट

Ncell