काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय २ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय २८ जना आज डिस्चार्ज भएका छन्। त्यस्तै थप १७ जनाको मृत्यु भएको छ।
यससँगै देशभर कोभिड-१९ संक्रमितको कुल संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ भने १ लाख ७९ हजार २४२ जना संक्रमण मुक्त भएका छन्। हालसम्म कोरोना निको हुने दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म देशभरमा मृत्यु हुनेकाे संख्या १ हजार २ सय ४७ पुगेकाे छ।
