PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रचण्ड



पहिलोपोस्ट

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। प्रचण्ड केहीबेर अघि शीतलनिवास पुगेका हुन्।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिबीच छलफल भएको थियो।

पछिल्लो सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि संगीन आरोप लगाउँदै प्रस्ताव पेश गरेपछि नेकपामा एक खालको तरंग पैदा भएको छ। प्रधानमन्त्री ओली बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्नुपर्ने पक्षमा पुगेका छन्। प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरु जसरी पनि बैठक राख्ने पक्षमै अडिग छन्।

प्रधानमन्त्रीले मंगलवार बिहान महासचिव विष्णु पौडेललाई सचिवालय बैठक सार्ने प्रस्ताव पठाएका थिए। तर, प्रचण्डले उक्त प्रस्ताव अस्वीकार गर्दै बैठकमार्फत् नै अघि बढ्नुपर्ने जवाफ महासचिवलाई दिएको स्रोतले बतायो।

‘महासचिवले एक/दुई दिन सचिवालय बैठक सारौं भन्ने प्रस्ताव गर्नुभएको रहेछ। तर, अध्यक्षले बुधवार बैठक बसौं। त्यहीँबाट जे निर्णय गर्ने हो गरौंला भन्ने कुरा राख्नुभएको छ,’ प्रचण्ड निकट ती नेताले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell