PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण पुष्टि, ७४० जना डिस्चार्ज



रासस

प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण पुष्टि, ७४० जना डिस्चार्ज

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ मा २० महिला र ३६ पुरुष गरी ५६ जनामा कोराना संक्रमण पुष्टि भएको छ। सो अवधिमा १७६ जनाको मात्र पीसीआर परीक्षण भएको हो।

सोही अवधिमा प्रदेशमा ७४० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्ममा कूल १८ हजार ८६८ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। थपिएका संक्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १९, झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयले जनाएको छ।

प्रदेशमा हालसम्ममा कूल एक लाख ७९ हजार २६९ जनाको पीसीआर परीक्षण भइसकेको छ भने आज डिस्चार्ज हुनेमा होम आइसोलेसनबाट ७३४ जना रहेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell