PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

सामानसहितको टिपर दुर्घटना हुँदा चालकको मृत्यु



रासस

सामानसहितको टिपर दुर्घटना हुँदा चालकको मृत्यु

रामपुर : निस्दी गाउँपालिका-७ ज्यामिरेमा टिपर दुर्घटना हुँदा चालकको मंगलवार मृत्यु भएको छ। ज्यामिरेको भुटुकेबाट चुनढुङ्गा बोकेर सर्दीतर्फ जाँदै गरेको ना ८ ख ७९०५ नम्बरको टिपर मोटेखर्क खस्रेनी खोलामा दुर्घटना भएको थियो।

दुर्घटनामा चालक सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका-१३ का ४० वर्षीय पूर्णबहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको रुप्सेभञ्ज्याङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक डेढबहादुर थापाले जानकारी दिए। सामानसहितको टिपर सडकबाट करिब १० मिटर तल खसेको थियोे। घटनाको बारेमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell