PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

स्वीडेनमाथि फ्रान्सको सहज जित, पोर्चुगलले क्रोएसियालाई हरायो



पहिलोपोस्ट

स्वीडेनमाथि फ्रान्सको सहज जित, पोर्चुगलले क्रोएसियालाई हरायो

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले स्वीडेनमाथि सहज जित निकालेको छ। स्टेड डी फ्रान्समा भएको समूह सी को खेलमा घरेलु टोलीले स्वीडेनमाथि ४-२ गोलअन्तरको जित निकालेको हो।

भिक्टर क्लासेसनको गोलमा स्वीडेनले खेलको चौथो मिनेटमै अग्रता बनाएको थियो। तर १६ औं मिनेटमा फ्रान्सका ओलिभर जिराउडले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ३६ औं मिनेटमा बेन्जामिन पावार्डको गोलमा फ्रान्स अग्रता लियो। पहिलो हाफमा फ्रान्स २-१ ले अघि रह्यो।

दोस्रो हाफमा जिराउडले नै अर्को गोल थपे। उनले ५९ औं मिनेटमा किलियन एम्बापेको पासमा गोल गरेका थिए। उता स्वीडेनका लागि रोबिन क्वाइसनले ८८ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउन चाहे। तर उल्टै अतिरिक्त समयमा फ्रान्सका किङ्ग्सले कोमनले गोल गर्दा फ्रान्सले सहज जित निकाल्यो। सहज जित निकालेको फ्रान्स यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेको छ।

गएराति नै भएको समूह सी कै अर्को खेलमा क्रोएसिया पोर्चुगलसँग ३-२ गोलअन्तरले पराजित भयो। पोर्चुगलको जितमा रुबिन डायसले ५२ औं र ९० औं मिनेटमा गोलमा गर्दा जोआओ फिलिक्सले ६० ‍औं मिनेटमा गोल गरे। त्यसअघि माटेओ कोभासिकले पहिलो हाफमै क्रोएसियालाई अग्रता दिलाएका थिए। उनले खेलको २९ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै उनले ६५ औं मिनेटमा क्रोएसियाका लागि दोस्रो गोल गरेका थिए। खेलको ५१ औं मिनेटमा मार्को रोग रातोकार्ड खाँदै बाहिरिँदा क्रोएसिया १० खेलाडीमा सीमित भएको थियो।

जितसँगै फ्रान्स ६ खेलबाट १६ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ भने पोर्चुगल १३ अंकजोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान ३ अंक बनाएका क्रोएसिया र स्वीडेन क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell