फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको आज बिहान सम्पन्न खेलमा ब्राजिलले उरुग्वेलाई हराएको छ। सेन्टेनारियो स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई ब्राजिलले २-० ले हराएको हो।
ब्राजिलको जितमा आर्थर मेलो र रिचार्लिसनले गोल गरे।
खेलको ३४ औं मिनेटमै मेलोको गोलमा ब्राजिलले अग्रता बनाएको थियो। त्यस्तै ४५ औं मिनेटमा रिचार्लिसनले गोल गर्दा पहिलो हाफमै ब्राजिल २ गोलले अघि रह्यो। दोस्रो हाफमा उरुग्वेका एडिसन काभानी रातो कार्ड खाँदै बाहिरिँदा उरुग्वे १० खेलाडीमा सीमित भएको थियो। दोस्रो हाफमा दुबै टीमले गोल गर्न नसक्दा खेल ब्राजिलले २-० ले आफ्नो पक्षमा पार्न सफल भयो।
जितसँगै ब्राजिल क्वालिफायर्सको शीर्षस्थानमा पुगेको छ। ब्राजिलले ४ खेलबाट १२ अंक जोडेको छ। उरुग्वे ४ खेलबाट ६ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ।
