PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

धान दाउनी गर्ने क्रममा आगलागी हुँदा ट्याक्टर र पराल जलेर नष्ट

धान दाउनी गर्ने क्रममा आगलागी हुँदा ट्याक्टर र पराल जलेर नष्ट

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः मोरङको उर्लाबारीमा आगोलागी हुँदा ट्याक्टर र पराल जलेर नष्ट भएको छ।

उर्लाबारी नगरपालिका वडा नम्वर ३ चन्दने चोक बस्ने हरी गडतौलाको ट्रयाक्टरमा थेसर मेशिन लगाई दाउनी गर्ने क्रममा आगोलागी भएको थियो।

आगोलागीबाट ट्रयाक्टर र आठ कठ्ठाको धानको पराल नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। आगो अस्थायी प्रहरी चौकी मंगलबारे तथा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली, स्थानियबासी, दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो।

आगलागीबाट ट्रयाक्टर, थ्रेसर मेशिन र धान समेत गरी १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell