PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

तिहारमा बिजुलीको झिलिमिली, लक्ष्मी पुजाको दिन १९ हजार मेगावाट आवर भन्दाबढी बिजुली खपत



पहिलोपोस्ट

तिहारमा बिजुलीको झिलिमिली, लक्ष्मी पुजाको दिन १९ हजार मेगावाट आवर भन्दाबढी बिजुली खपत

काठमाडौंः तिहारको दिन १७ हजार ९२० मेगावाट आवर मात्रै विद्युत ऊर्जा खपत भएको छ।

लक्ष्मी पुजाको दिन १९ हजार मेगावाट आवर भन्दाबढी रहेको ऊर्जा खपत भोलिपल्ट १८ हजार ४५५ मेगावाट आवरमा सीमित भएको थियो।

नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट ७ हजार मेगावाट आवर विद्युत ऊर्जा आपूर्ति हुँदा निजी क्षेत्रका आयोजनाबाट ११ हजार र भारतबाट ४७७ मेगावाट आवर ऊर्जा आयात गरिएको थियो। पिक डिमाण्ड बढेर ११ सय ८४ मेगावाट पुगेको थियो।

तिहारको दिन भने खपत अझै घटेर १८ हजार मेगावाट आवर भन्दा कममा सीमित भएको छ। तिहारको दिन विद्युत प्राधिकरणका आयोजनाबाट ७ हजार २५४ मेगावाट आवर ऊर्जा आपूर्ति हुँदा निजी क्षेत्रबाट १० हजार ३३८ मेगावाट आवर ऊर्जा आपूर्ति भएको छ। त्यस्तै भारतबाट आयात हुने ऊर्जा पनि ३२८ मेगावाट आवरमा सीमित भएको छ।

लक्ष्मी पुजामा ११ सय ३३ मेगावाट सम्म पुगेको पिक डिमाण्ड भोलिपल्ट ११ सय ८४ मेगावाट सम्म पुगेपनि तिहारको दिन पुनः घटेर एक हजार ८४ मेगावाटमा सीमित भएको प्राधिकरणले जनाएको छ।

सामान्य समयमा दैनिक २७/२८ हजार मेगावाट आवर सम्म ऊर्जा खपत हुने भएपनि दसैंपछि उक्त माग घटेर दैनिक २२/२३ हजार मेगावाट आवरमा सिमित भइरहेको थियो। पिक डिमाण्ड भने १३ सय मेगावाट सम्म पुगेको थियो।

विद्युत ऊर्जाको खपत नबढी पिक डिमाण्ड मात्रै बढ्दा साँझ बिहानको माग व्यवस्थापन गर्न भारतबाट आयात हुने विद्युतको परिमाण बढाउनुपर्छ। अन्य समयमा माग नबढ्दा नेपालकै उत्पादन पनि खेर फाल्नुपर्ने प्राधिकरणलाई चुनौती छ।

अहिले नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा १३ सय मेगावाट विद्युत जडित क्षमता छ। प्राधिकरणका आयोजनाको क्षमता ६०० मेगावाट र निजी क्षेत्रका आयोजनाको क्षमता ७०० मेगावाट रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell