PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

थानकोटमा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक समातिए



पहिलोपोस्ट

थानकोटमा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक समातिए

काठमाडौंः प्रहरीले बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई मङ्गलबार पक्राउ गरेको हो।

वृत्तका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले बसुण्डोलस्थित टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए। मङ्सिर १ गते सोमबार भाइटीकाको दिनमा घटना घटे पनि लोहार फरार रहेका थिए।

पक्राउ लोहारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको वृत्त प्रमुख श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell