PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

राष्ट्रपतिलाई भेटेर शीतल निवासबाट फर्किए ओली



पहिलोपोस्ट

राष्ट्रपतिलाई भेटेर शीतल निवासबाट फर्किए ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवीलाई भेटेर बालुवाटार फर्किएका छन्।

ओली साढे १० बजे शीतल निवास पुगेका थिए। राष्ट्रपतिका र प्रधानमन्त्रीबीच नियमित छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। नेकपा विवादमा राष्ट्रपतिले चासो राख्दै आएकी छिन्।

हिजो मात्रै  राष्ट्रपति भण्डारीले  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटेकी थिइन्। प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले मिलेर जान सुझाव दिएकी थिइन्। प्रधानमन्त्री ओलीले आज १ बजेका लागि बोलाइएको सचिवालय बैठक सार्न चाहेका छन्।

उनले बिहान १ बजेका लागि नै मन्त्रिपरषद् बैठक बोलाएका थिए। तर, बैठक २ बजेका लागि सारिएको छ। बैठक केही बेर बसेर केही दिनका लागि बस्ने तयारी छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्धारित समयमा नै सचिवालय बैठक बस्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell