PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

पोखरामा मोटरसाइकलमा आगजनी गरी फरार युवक समातिए



पहिलोपोस्ट

पोखरामा मोटरसाइकलमा आगजनी गरी फरार युवक समातिए

काठमाडौंः  मोटरसाइकलमा आगजनी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका वडा नम्वर १७ बिरौटा बस्ने १९ वर्षीय दिवश रानाभाटलाई नियन्त्रणमा लिएको हो। रानाभाटले असोज २६ गते राती पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा स्थित शिशुनिकेतन मार्गमा रहेको सन्तोष अर्यालको स्टोर अगाडि पार्किङ गरी राखेको मोटरसाइकलमा आगजनी गरेका थिए।

 ग १२ प ८६९८ नम्बरको बुलेट मोटरसाइकल र ग ७ प ९७८८ नम्बरको मोटरसाइकलमा आगजनी गरेर उनी फरार भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell