PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

ट्राफिक प्रहरीको रोक, हेर र जाउँ अभियान, ३ सय ८० ट्राफिक प्रहरी परिचालन



पहिलोपोस्ट

ट्राफिक प्रहरीको रोक, हेर र जाउँ अभियान, ३ सय ८० ट्राफिक प्रहरी परिचालन

काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले शाखा सडकबाट मुल सडकमा निस्किने ठाउँमा थप नियम पालना गराउँन प्रहरी परिचालन गरेको छ।

सवारी चालकहरूले शाखा सडकबाट मुल सडकमा सहजै निस्कने ट्राफिक नियम रोक, हेर र जाउँलाई पालना गराउन ट्राफिक प्रहरी खटाएको हो। महाशाखाले शाखा सडकबाट मुल सडकमा सहजै निस्कन स्टप, लुक एन्ड गोका ट्राफिक संकेत बोर्डहरुको पालना गराउन ३८० वटा शाखा सडकमा ३८० जना ट्राफिक प्रहरी खटाएको  । 

“सवारी चालकले भित्रि सडकबाट मुख्य सडकमा निस्कँदा पर्ख, हेर र जाउँ भन्ने ट्राफिक नियम कतिपय चालकले पालना नगरेको कारण पालना गराउन तथा सिकाउन आजदेखि त्यस्ता चोक जक्सनमा ३८० जना ट्राफिक प्रहरी खटाईएको हो,” महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने।

उक्त नियम सवारी चालकहरूलाई पालना गराउन र सिकाउन पिक आवरको समयमा ३/३ घण्टा ट्राफिक प्रहरी खटिने छन्। यस्ता बोर्डहरू काठमाडौ उपत्यकाको मूल सडकमा निस्कने शाखा वा भित्री सडकको मुखैमा राखिएको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell