PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

दश दिनमा भेट्ने 'भाका' राख्दै सकियो नेकपा सचिवालयको बैठक



पहिलोपोस्ट

दश दिनमा भेट्ने 'भाका' राख्दै सकियो नेकपा सचिवालयको बैठक

काठमाडौं : दश दिनमा फेरि बस्ने 'भाका' राख्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। हुने या नहुने भन्ने दुईथरी मत बाझिँदा आज लामो समयपछि पार्टीको शीर्ष तहको बैठक बसेको हो।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बैठक नै नचाहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल बैठक नगरी नछाड्ने मनस्थितिका बीच मध्यमार्ग खोजिएको छ। बैठक पनि हुने र त्यसमा बृहत छलफल पनि नहुने सुत्र बालुवाटारमा लागू भएको छ।

नेकपामा जारी झगडा अब कम्तिमा १० दिनका लागि केही मत्थर हुने देखिन्छ।

'अर्को सचिवालय बैठक मंसिर १३ गते बस्नेछ,' बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'संकट निवारण सम्बन्धी अर्को प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले त्यसै दिन पेश गर्नुहुनेछ।'

यसअघि अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रस्तावले नेकपामा तरङ्ग ल्याएको थियो। बहुमत सचिवालय सदस्यले प्रतिवेदन संयुक्त रुपमा तयार पारेका थिए। 

आजको बैठकले पार्टी स्थायी कमिटी बैठक १८ गते बस्ने निर्णय पनि गरेको छ। त्यसैगरी १५ गते बस्ने भनिएको पार्टी केन्द्रीय कमिटी बैठक २५ गतेका लागि सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

१० दिनपछि पुन: बस्ने गरी सचिवालयकाे बैठक सम्पन्न ।

Posted by Surya Thapa on Wednesday, November 18, 2020

सत्तारुढ दलभित्रको किचलो समाधानका लागि चिनियाँ राजदूतदेखि राष्ट्रपतिसम्मको सक्रियता रहेको थियो। राजदूत र राष्ट्रपतिले पालैपालो नेतृत्वसँग बेग्लाबेग्लै छलफल गरेका थिए। हिजो प्रचण्डसँग राष्ट्रपतिले छलफल गरेकी थिइन् भने आज बिहान प्रधानमन्त्री ओलीसँग। नेकपाको शीर्ष तहको तनावले पार्टीको कार्यकर्ता तहसम्म प्रभाव पारेको छ।

आजै मन्त्रिपरिषद बैठक बस्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell