PahiloPost

May 14, 2025 | १ जेठ २०८२

निर्मल गोल्डकपको उपाधि सुवर्णपुरलाई



राधेश्याम पटेल

निर्मल गोल्डकपको उपाधि सुवर्णपुरलाई

वीरगंज : पर्साको ठोरी गाउँपालिकाको वडा नम्बर २ निर्मलवस्तीमा आयोजना भएको दोस्रो निर्मल गोल्डकपको उपाधि सुवर्ण युवा क्लब सुवर्णपुरले जितेको छ। निर्मल समाज युवा क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै सुवर्णपुरले उपाधि कब्जा गरेको हो।

अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धा भएको फाइनल खेलको पहिलो हाफमा स्वर्ण युवा क्लबले १ गोल गरेपनि दोस्रो हाफको अन्तिम समयमा सुवर्णपुरले १ गोल गरेपछि निर्धारित ९० मिनेटको खेल बराबरीमा टुगिएको थियो।

जितसँगै सुवर्णपुरले नगद पचास हजार पाँच सयसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता निर्मल समाज युवा क्लबले नगद पच्चीस हजार पाँच सयसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यस्तै, खेल भरीकै उत्कृष्ट खेलाडीको उपाधि निर्मल समाज युवा क्लबका प्रदिप लामा र प्रतियोगिता अवधि भर सबैभन्दा धेरै गोल गर्ने खेलाडीको उपाधि सुवर्णपुरका राजेश परियारले हासिल गरे। उनीहरुले जनही ५/५ हजार नगद र ट्रफी समेत प्राप्त गरेका छन्।

विजेता टिमलाई प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य शंकर चौधरी र ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell