PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

देश विकसित हुन हरेक व्यक्तिको उत्तिकै योगदान जरुरी छ : मन्त्री सोनल



राधेश्याम पटेल

देश विकसित हुन हरेक व्यक्तिको उत्तिकै योगदान जरुरी छ : मन्त्री सोनल

वीरगंज : प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले देश र प्रदेश समृद्ध पार्नको लागि सरकारसँगै हरेक व्यक्तिको उत्तिकै योगदान र जिम्मेवारी रहेको बताएका छन्। गृह जिल्ला बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीस्थित निवासमा आयोजित चियापान तथा शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

छठको अवसरमा आयोजित कार्यक्रममा परवानीपुर वरपरका करिब एक दर्जन गाउँका विभिन्न राजनीतिक दलका अगुवा तथा समाजिक व्यक्तित्वसँग भेटघाट गर्दै धन्यवाद ज्ञापन गर्ने क्रममा उनले समाज विकासको लागि सबैको उत्तिकै महत्व रहेको जोड दिएका थिए।

‘समाज समृद्ध पार्न सरकारले मात्र चाहेर हुँदैन, राज्यको हरेक नागरिक अनुशासित, शिक्षित र जिम्मेवार बन्नु पर्छ’, उनले भने, ‘सभ्यता, सस्कार, संस्कृति र सामाजिक एकता बेगर समाज र राज्य विकसित हुन सक्दैन।’

उनले राजनीतिक रणनीति र लडाई आ-आफनो ठाउँमा भए तापनि जहाँ आफनो गाउँठाउँ, प्रदेश र राज्यको विकास र एजेन्डाको कुरा आउँछ, त्यहाँ हातामालो गरी अघि बढे मात्र समाज विकासको बाटोमा लम्किने धारणा राखे। उनले समाज विकासको लागि भौतिक विकास जुन हिसाबले भइरहेको छ, त्यसैगरी नै मानवीय र हरेक व्यक्तिको पारम्परिक सोच र धारणालाई परिवतर्न गर्न सकिएन भने समाज निकै पछि पर्ने चिन्ता व्यक्त गरे।

‘आज हरेक ठाउँमा चार लेन, छ लेन सडक बन्दै छ, हरेकको हातमा २० हजारको एन्ड्रोइड मोबाइल छ, तर सबैले त्यो मोबाइल चाउन सक्दैनन्’, उनले आधुनिक युगबारे चर्चा गर्दै भने, ‘त्यसैले हरेक व्यक्तिले द्वन्द्व, कलह तथा राजनीतिक लडाईलाई साइड लगाएर शिक्षित भई राज्यलाई योगदान दिनु पर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell