PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

ओली दाहाल पत्रनीति : वामदेव प्रचण्डको प्रस्ताव फिर्ता नलिने पक्षमा सतिसालझैँ अडिग



पहिलोपोस्ट

ओली दाहाल पत्रनीति : वामदेव प्रचण्डको प्रस्ताव फिर्ता नलिने पक्षमा सतिसालझैँ अडिग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रस्ताव फिर्ता हुनुपर्ने भन्दै उपाध्यक्ष वामदेव गौतमले आजको सचिवालय बैठकमा कुरा राखेको भन्ने खवर गलत भएको गौतमको सचिवालयले स्पष्ट पारेको छ। केही न्युज पोर्टलहरुमा यस्ता समाचार आएको भन्दै सो खबर पूर्णतः झुठो भएको सचिवालयले स्पष्ट पारेको हो।

आजको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने भन्ने कुनै एजेण्डा नभएको भन्दै गौतमलगायतका अन्य नेताहरुले सौहार्द्रतालाई ख्याल गर्दै कुनै किसिमको उत्तेजक अभिव्यक्ति बैठकमा नदिएको बताइएको छ।

‘तर, समाचारहरुमा चर्काचर्की भयो, घम्साघम्सी भयो भन्दै वामदेव गौतमले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने कुरा गरेकोसम्मका कपोलकल्पित कुरा आए। वास्तवमा आजको बैठकमा त्यस किसिमका कुनै कुरा उठेका छैनन्,’ सचिवालयले भनेको छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट पनि प्रस्ताव दर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेपछि बैठकको सौहार्द्रतामा अझ बल पुगेको दावी गरिएको छ। प्रचण्डले पेश गरेका प्रस्तावहरु गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उनी अडिग भएको सचिवालयले स्पष्ट पारेको छ।

सचिवालयले भनेको छ, ‘प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु वामदेव गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उहाँ सतिसालझैँ अडिग हुनुहुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell